काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गरिब मुलुकका राष्ट्रपति प्रधानमन्त्रीसँग अन्य ठूला देशका नेताहरुले हात मिलाउन समेत आनाकानी गर्ने टिप्पणी गरेका छन् ।
गृहजिल्ला गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले देश नै गरिब भएपछि त्यहाँको राष्ट्रपति र प्रधानमन्त्रीप्रति विश्वले हेर्ने दृष्टिकोण नकरात्मक हुने बताए ।
‘प्रधामन्त्री भयो देश यसै गरिब छ भने राष्ट्रपति प्रधानमन्त्री भएर तपाईंलाई कसले टेर्छ ? नेपालको चाँही प्रधानमन्त्री भनेर हात बढाउँदा कुनै बेला हात मिलाउनै मान्दैन । आफैँ लाज मानिमानि हात मिलाउन अघि बढ्नुपर्छ । देश र समाजको इज्जत भयो भने प्रधानमन्त्री र राष्ट्रपतिको हुन्छ । त्यो भएन भने हुँदैन ।’ डा. भट्टराईले भने ।
आफूलाई प्रधानमन्त्री वा ठूलो पदमा देख्न चाहनेको भीड ठूलो भए पनि प्रधानमन्त्री बनेर केही नहुने बताए । आफू प्रधानमन्त्री भैसकेपनि देश केही हुन नसकेको टिप्पणी गरे ।
‘बाबुराम कता हरायो, केही भएन कहिले सत्तामा आइदिए हुन्थ्यो भनेर बढो सदभाव तपाईंहरुले राख्नुहुन्छ । तर त्यस्तो किन हुने भन्नुहोस् त ? मत बसेर हेरेँ प्रधानमन्त्री भएर के हुन्छ ? लुइँलुँइ लागेर हल्ला गर्दै हिँडेर ठालू पल्टिएर के हुन्छ ? देश बन्छ ? देश बन्यो ?’ उनले भने ।
त्यस्तै राजनीतिमा चल्याख्याइँ गरेर सबैलाई झुक्याएको कुरामा जनताबाट ताली आएपछि नेताहरुले थप नराम्रो काम गर्न उद्धत्त हुने टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया