लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

लोकपथ
546
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले महरालाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । महराले आजै मुख्यमन्त्रीलाई बहुमत सदस्यसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

सोही अनुसार प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
केन्द्रमा आएको सत्ता समीकरण फेरबदलपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लराज चौधरीले बिहीबार पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?