लुम्बिनी प्रदेश : बहुमत सदस्यसहित मुख्यमन्त्रीमा माओवादीको दाबी पेश

लोकपथ
247
Shares

काठमाडौं । बिहीबार डिल्लीराज चौधरीले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

प्रदेश प्रमुखको आह्वानपछि लुम्बिनी प्रदेश माओवादी केन्द्रका प्रमुख सचेतक जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

शुक्रबार उनले प्रदेश प्रमुख अमिक शेरचनलाई ४४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।

४४ सांसदमध्ये १ जना स्वतन्त्र सांसद समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?