गायक रवि वडविरुद्ध श्रीमतीले दिइन् वैवाहिक बलात्कारको उजुरी

लोकपथ
238
Shares

काठमाडौं । गायक रवि वडविरुद्ध वैवाहिक वैवाहिक बलात्कारको जाहेरी परेको छ ।

रविकी पत्नीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दर्ता गरेकी हुन् ।

वडकी श्रीमतीले दिएको जाहेरीको आधारमा अदालतबाट पक्राउ पूर्जी लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता इन्स्पेक्टर पुस्कर पन्तले लोकपथलाई जानकारी दिए ।

‘उहाँविरुद्ध हाम्रो मातहतको कार्यालयमा उजुरी परेको । सोही उजुरीको आधारमा हामी अनुसन्धान गरिरहेका छौँ ।’ उनले भने ।

रवि हाल फरार रहेका छन् भने उनलाई प्रहरीले खोजी गरिरहेको छ ।

वड नेपाल आइडलको दोस्रो सिजनको विजेता बन्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?