काठमाडौं । कोशी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
कांग्रेसबाट मुख्यमन्त्री बनेका कार्कीलाई समर्थन फिर्ता लिन नेकपा एमालेका ३९ सांसदहरुले हस्ताक्षर तयार गरेका हुन् । गत असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीलाई समर्थन गरेका ३९ सांसदले आज हस्ताक्षरसहित समर्थन फिर्ताको आधिकारिकता दिन लागेका कोशी एमाले निकट स्रोतले जानकारी दियो ।
एमालेले यसअघि नै मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि अब आधिकारिक रुपमै समर्थन फिर्ता लिन लागेको हो ।
केन्द्रमा भएको सत्ता समीकरणको फेरबदलपछि सबै प्रदेशमा सरकार फेरबदल भइरहेको छ । त्यसको असर कोशी प्रदेशमा समेत परेको हो । यसअघि नै कांग्रेसबाट अन्य ३ प्रदेशको सरकार समेत ढलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया