गायक राजेश पायल राई र पत्नी साङबुङ राईबीच सम्बन्ध बिच्छेद

लोकपथ
749
Shares

काठमाडौं । गायक राजेश पायल राई र पत्नी साङबुङ राईबीच सम्बन्ध बिच्छेद भएको छ ।

न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले राजेश र साङबुङबीच सम्बन्ध विच्छेदको फैसला गरेको हो । सम्बन्ध तोड्न साङबुङले उच्च डिमान्ड गरेकी थिइन् ।

राजेश पायलले नक्सालमा रहेको करिब ५ करोड बराबरको मूल्य पर्ने घर र ५० लाख नगद दिएर साङबुङलाई दिएर सम्बन्ध बिच्छेद गरेका हुन् । उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन् ।

यसैगरी राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् । साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन् । छोराको पढाइको खर्च राजेशपायलले व्यहोर्ने लगायतको सहमति भएको छ ।

आफ्नो वैवाहिक जीवन गोप्य राख्दै आएका राजेश र साङबुङबीचको सम्बन्ध उनीहरुको सन्तान भएपछिमात्र सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?