अब मन्त्रीहरुले दैनिक रुपमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने

लोकपथ
147
Shares

काठमाडौं । अब सबै मन्त्रीहरुले आफ्नो दैनिक कामको विवरण बेलुका प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब प्रत्येक दिनको ब्रिफिङ मन्त्रीहरुले गर्नुपर्ने व्यवस्था मन्त्रिपरिषद् बैठकबाट गराएको जानकारी गराएका हुन् ।

आज बसेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले क्याबिनेटबाटै सो निर्णय गराइएको जानकारी गराए ।

‘आज मैले एउटा निर्णय पनि क्याबिनेटबाट गराएको छु। अब सबै मन्त्रीहरूले गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने, प्रत्येक दिन बेलुका दिनभरि गरेकामध्ये ठूलो र राम्रो काम प्रत्येक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएपछि सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ। त्यसले सबै मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ। हामी बल गर्दैछौं। ’ प्रधानमन्त्री प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?