वाइडबडी खरिदको अनियमितता : भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री शाहीदेखि को–को परे ? (पूर्णपाठ)

लोकपथ
385
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारको विरुद्ध विभिन्न ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


अख्तियारले वाइडबडी खरिदमा भ्रष्टाचार गरेको भन्दै संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री हालका कर्णाली प्रदेश सभा सदस्य जीवनबहादुरि शाहीहसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

निगमलाई प्रत्यक्ष रुपमा १,४७,१०,८५,४८२।८५ (एक अर्ब सत्चालीस करोड दश लाख पचासी हजार चार सय बयासी रुपैयाँ पचासी पैसा) रुपैयाँ प्रतिवादीहरुले गैरकानूनी रुपमा सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याउने र आफूहरुलाई गैरकानूनी लाभ पुर्‍याउने कार्य गरेरगराएको पुष्टिसहित भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

को-को छन् प्रतिवादी ?

वाइडबडी खरिदमा भ्रष्टाचार गरेको तथ्यसहित तत्कालिन पर्यटनमन्त्री शाहीसहित तत्कालीन महाप्रवन्धक एवं संचालक समिति सदस्य सुगतरत्न कंसाकार, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति अध्यक्ष शंकर प्रसाद अधिकारी, भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य शिशिर कुमार ढुङ्गाना, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समितिका सदस्य बुद्धिसागर लामिछाने, नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य टेकनाथ आचार्य, नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य निमा नुरु शेर्पा, नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य मुक्तिराम पाण्डे, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य जीवन प्रकाश सिटौला र नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका संचालक समिति सदस्य अच्युतराज पहाडी, नेपाल वायुसेवा निगमका तत्कालीन का।मु।निर्देशक रामहरी शर्मा सेढाँई, तत्कालीन का।मु। निर्देशक तथा हाल नायव महाप्रबन्धक जनकराज कालाखेती र तत्कालीन उपनिर्देशक प्रभाश कुमार कर्माचार्य रहेका छन् ।

त्यस्तै नेपाल वायुसेवा निगमका तत्कालीन निर्देशक गणेश बहादुर चन्द, तत्कालीन का।मु।निर्देशक कर्ण बहादुर थापा र तत्कालीन नि।निर्देशक तथा हाल बरिष्ठ क्याप्टेन सुवास रिजाल, नेपाल वायुसेवा निगमका तत्कालीन नायव महाप्रबन्धक रमेश बहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा हाल बरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन, तत्कालीन का।मु। निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन का।मु। निर्देशक तथा हाल निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा हाल निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा हाल निर्देशक उमेश पौडेल र तत्कालीन निमित्त उपनिर्देशक तथा हाल उपनिर्देशक बृहतमान तुलाधर रहेका छन् ।


त्यस्तै अख्तियारले उक्त विमान खरिदका लागि केही विदेशी व्यक्ति र संस्थालाई समेत प्रतिवादी बनाइ मुद्दा दायर गरेको छ ।

जसमाM/S AAR International INC. USA र उक्त कम्पनीको मुख्य व्यक्तिMr. John M. Holmes, President and CEO, (ख)M/S German Aviation Capital GMBM Germany र उक्त कम्पनीको मुख्य व्यक्ति Ms. Ana Topa, Managing Director, (ग) M/S Hi Fly Transporte Aereos SA (Hi Fly Airlines) Portugal र उक्त कम्पनीको मुख्य व्यक्तिMr. Paulo Mirpuri, President, (घ) M/S Hifly X Ireland Limited Ireland र उक्त कम्पनी मुख्य व्यक्तिMr. Gerald Thornton, Director र  Mr.Christian Nuehlen, Director र उक्त कम्पनीको मुख्य व्यक्तिM/S Norton Rose Fulbright LLP Germany र उक्त कम्पनीको मुख्य व्यक्ति Mr. Markus Radbruch, Head of Aviation र  Mr. Ralf Springer, Senior Consultant को हकमा सम्बन्धित व्यक्तिहरुलाई प्रतिवादी बनाइएको छ ।

त्यस्तै उनीहरुलाई सोही बराबरको बिगो दाबी समेत माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?