लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

लोकपथ
338
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामाको घोषणा गरेका छन् ।


आज बसेको लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामाको घोषणा गरेका हुन् ।
केन्द्रमा भएको सत्ता फेरबदलको असर प्रदेशमा पनि देखिएको हो ।


केन्द्रमा सत्ता समीकरण फेरबदलपछि माओवादी केन्द्रले मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यससँगै पुनः विश्वासको मत लिने मुडमा रहेका मुख्यमन्त्री चौधरीले विश्वासको मत नपाउने भएपछि राजीनामा घोषणा गरेका हुन् ।


मुख्यमन्त्री अल्पमतमा परेपछि एमाले र माओवादी मिलेर सरकार बनाउने तयारीमा जुुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?