प्रत्यायन केन्द्रको स्थापना चाँडै

लोकपथ
14
Shares

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले प्रत्यायन केन्द्रको स्थापनामा मन्त्रालय गम्भीर भएर अगाडि बढेको बताएका छन् ।

विहीबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बसेको बैठकमा उनले देशभित्र रोजगारी उत्पादन र उद्योग व्यवसाय प्रवर्द्धनको लागि यस्तो किसिमको संस्थाहरु आवश्यक भएको भन्दै यसमा मन्त्रालय गम्भीर भएको बताए ।

उनले भने, ‘हाम्रो अर्थतन्त्रलाई उत्पादनशिल बनाउनको लागि, रोजगारी देशभित्र उत्पादन गर्नको लागि उद्योग व्यवसाय प्रवर्द्धन गर्नको लागि, देशको स्तर माथि लैजानको लागि पनि यस्तो किसिमको निकाय संस्थाहरु चाहिने हो यसलाई मन्त्रालयले गम्भीर रुपमा अगाडि बढाउछौ ।’

उनले यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गरी आर्थिक विकासमा योगदान पु¥याउने पनि विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘यसलाई अगाडि बढाउनको लागि वास्तवमा अर्थ मन्त्रालयबाट बजेटको क्रममा हामीले प्रस्ताव पनि गरेका छौ । केही महिनाभित्रमा यसलाई संचालनमा लान सक्छौ जस्तो लाग्छ ।’

यस्तै, समितिका सभापति अब्दुल खानले प्रत्यायन केन्द्रको स्थापना कार्यलाई यही आर्थिक वर्षभित्र प्रारम्भ गर्न सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई निर्देशन दिने प्रस्ताव र निर्णय गरेका बताएका छन् ।

उनले भने, ‘प्रत्यायन ऐन, २०७९ अनुसार प्रत्यायन केन्द्रको स्थापना कार्यलाई गति दिन आवश्यक नियमावली, कार्यविधि, निर्देशिका तथा अन्य मापदण्ड यथाशिघ्र तर्जुमा गरि स्थापनाको कार्य यही आर्थिक वर्षभित्र प्रारम्भ गर्न नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई निर्देशन दिने प्रस्ताव र निर्णय गरेका छौ ।’

प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेको काम कारबाहीका बारेमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?