रणवीर कपुरको ‘रामायण’ को सेटको भिडियो भाइरल, अयोध्या देखाउन कति भयो खर्च ?

लोकपथ
936
Shares

काठमाडौं । यतिबेला रणवीर कपुर आफ्नो आगामी फिल्म रामायणलाई लिएर चर्चामा छन् । चलचित्रको छायांकन सुरु भइसकेको छ । हरेक दिन यससँग सम्बन्धित समाचार बाहिर आइरहेका छन् । रणवीरका फ्यानहरु यो फिल्मको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् । यो फिल्ममा रणवीरले भगवान रामको भूमिका निर्वाह गर्ने बताइएको छ ।

‘रामायण’को छायांकन ठूलो मात्रामा भइरहेको छ । यस्तो अवस्थामा फिल्मको सेट पनि निकै ठूलो र महँगो हुने निश्चित छ । यतीबेला सामाजिक सञ्जालमा रणवीर कपुरको ‘रामायण’को सेटको भिडियो भाइरल भएको छ । भारतीय मिडियाका अनुसार यसको लागत ११ करोड भारु रहेको छ । चलचित्रको छायाँकनमा निर्माता पूर्णरुपमा व्यस्त छन् । फिल्ममा अयोध्या देखाउन सेटमा कडा मेहनत भइरहेको छ भने यसका लागि धेरै पैसा खर्च भइरहेको छ बताइएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोलाई चलचित्रको टिमकै एक सदस्यले नै सेयर गरेका छन् । भिडियोमा अयोध्याको सेट देख्न सकिन्छ, जुन निकै ठूलो देखिन्छ । भिडियोमा देखिएका स्तम्भहरूमा परम्परागत कलाकृति पनि देखिन्छ । यसका साथै भिडियोमा फिल्मका चालक दलका सदस्यहरू पनि क्यामेरा र अन्य उपकरण बोकेको देखिन्छ।

‘रामायण’ नितेश तिवारीको निर्देशनमा बनेको हो । यसअघि उनले दंगल र छलाङजस्ता सफल फिल्म बनाएका छन् । रणवीर कपुर यसअघि एनिमलमा देखिएका थिए । यस फिल्ममा उनले विषाक्त व्यक्तिको भूमिका निर्वाह गरेका छन् । रणवीर अब एनिमलको पूर्ण विपरित कोमल पात्र निभाउन लागेका छन् । फिल्मको रिलिज मितिबारे भने अहिलेसम्म कुनै अपडेट आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?