इलाम–२ मा माओवादीले सुहाङलाई सघाउने

लोकपथ
70
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख १५ मा हुने उपनिर्वाचनमा एमाले उम्मेदवरलाई नै सघाउने भएको छ ।

अहिलेसम्म पनि उम्मेदवारी नटुंग्याएको माओवादीले अन्ततः एमालेका उम्मेदवारलाई नै सहयोग गरेर अघि बढ्ने निर्णय गरेको प्रदेश इन्चार्ज हरिबोल गजुुरेलले लोकपथलाई जानकारी दिए ।

‘हामीले सत्ताको सहकर्मी दल एमालेको उम्मेदवारलाई सहयोग गरेर अघि बढ्ने निर्णय गरेका छौँ ।’ गजुरेलले भने ।

इलाम क्षेत्र नं २ मा नेकपा एमालेले यसअघि नै सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । उनी यसअघि सो निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित भएका सुवास नेम्वाङका छोरा हुन् ।

त्यस्तै बझाङको प्रदेशको उपनिर्वाचनबारे भने पार्टीमा छलफल भइरहेको उनले बताए ।
अन्य दलहरुले उम्मेदवारी टुंग्याएर अघि बढे पनि नेपाली कांग्रेसले भने अझै उम्मेदवारी टुंगो लगाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?