पीएसजी फ्रेन्च कपको फाइनलमा

लोकपथ
84
Shares

काठमाडौं । पेरिस सेन्ट जर्मेइन पीएसजी फ्रेन्च कप (कोपा डे फ्रान्स) फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा पएसजीले रेनेसलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

पीएसजीलाई फाइनल पु-याउन केलियन एम्बाप्पेले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । एम्बाप्पेले ४० औं मिनेटमा फाबियन रुइजको पासमा गोल गरेका थिए ।

फ्रेन्च कपको उपाधिका लागि लियोनसँग पीएसजीले खेल्ने छ । लियानेले भ्यालेन्सिनेसलाई मंगलबार ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । लियोन र पीएसजीबीचको फाइनल खेल मे २५ मा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?