१०६ रनको फराकिलो अन्तरले दिल्लीलाई हराउँदै केकेआर शीर्ष स्थानमा उक्लियो

लोकपथ
497
Shares
Mitchell Starc of Kolkata Knight Riders celebrates the wicket of David Warner of Delhi Capitals during match 16 of the Indian Premier League season 17 (IPL 2024) between Delhi Capitals and Kolkata Knight Riders held at the Dr YS Rajasekhara Reddy ACA-VDCA Cricket Stadium, Visakhapatnam on the 3rd April 2024. Photo by Ron Gaunt / Sportzpics for IPL

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइट राइडर्स (केकेआर) फराकिलो अन्तरले विजयी भएको छ । बुधबार राति भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्स (डिसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको केकेआरले निर्धारित ओभरमा ७ विकेट गुमाएर २७२ रन बनाएको थियो । केकेआरका लागि सुनिल नारेन र अंगकृष रघुबंशीले अर्धशतकीय पारि खेल्दा अन्य खेलाडीको पनि प्रदर्शन सम्झन लायक रहेको थियो ।

पहिलो विकेटका लागि फिल साल्ट र सुनिल नारेनले ४.३ ओभरमा ६० रनको साझेदारी गरेका थिए । फिल साल्ट १२ बलमा १८ रन बनाउँदा चार चौका प्रहार गरेर आउट भए । त्यसपछि सुनिल नारेन र अंगकृष रघुवंशीले ४८ बलमा १०४ रनको साझेदारी गर्दै केकेआरलाई अघि बढाएका थिए । दोस्रो विकेटको रुप्मा सुनिल नारेन ३९ बलमा ८५ रनको विस्फोटक पारि खेल्दै आउट भए । सुनिलले ३९ बलमा समान सात चौका र छक्का प्रहार गरे ।

यसैगरी अंगकृष २७ बलमा ५४ रन बनाएर तीन छक्का र पाँच चौका प्रहार गरेर क्रिजबाट विदा भएका थिए । उनी आउट हुँदा १३.२ ओभरमा केकेआरले ३–१७६ को स्कोर बनाएको थियो । नारेन र रघुवंशीपछि आन्द्रे रसेल र श्रीयस अय्यरले मोर्चा सम्हालेका थिए । कप्तान अय्यर ११ बलमा १८ रन बनाएर आउट भए भने क्रिजमा आएका रिंकु सिंहले ८ बलमा २६ रन बनाउँदा तीन छक्का र एक चौका प्रहार गरे । रिंकु सिंह आउट हुँदा केकेआरले पाँच विकेट गुमाएर २६४ रन बनाएको थियो । आन्द्रे रसेल १९ बलमा ४१ रन बनाएर आउट हुँदा सातौं विकेटको रुपमा रमनदीप सिंहले २ रन बनाए । मिचेल स्टार्क एक रनमा नटआउट रहे । दिल्लीका एनरिच नोट्जेले सर्वाधिक ३ विकेट लिँदा इशान्त शर्माले २ विकेट हात पारे ।

विशाल जवाफी लक्ष्यसहित मैदान उत्रिएको दिल्लीको सुरुआत राम्रो भएन । मिडिल अर्डरमा कप्तान ऋषभ पन्त र ट्रिस्टन स्टब्सले अर्धशतकीय पारि खेले पनि फराकिलो हार टरेन ।कप्तान पन्तले ५५ तथा स्टब्सले ५४ रनको पारि खेल्दा डेभिड वार्नर १८ र पृथ्वी सा १० रनमा पभेलियन फर्किए । मिचेल मार्स, अभिषेक पोरेल, अक्षर पटेलले खाता खोल्नै सकेनन् भने अन्य खेलाडीको पनि स्कोर दोहोरो अंकमा रहेन । अन्त्यमा दिल्ली १७.२ ओभरमा सवै विकेट गुमाएर १६६ रनमा समेटियो । दिल्लीलाई समेट्न विभव अरोरा र बरुण चक्रवर्तीले समान तीन तीन विकेट लिँदा मिचेल स्टार्कले २ विकेट हात पारे ।

लगातार जीत निकालेको केकेआर ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ भने दिल्लीको यो तेस्रो हार हो । दिल्ली तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । आइपीएल अन्तर्गत आज राति गुजरात टाइटन्स र पञ्जाव किंग्स भिड्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?