न्यायाधीश गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन सर्वोच्चको आदेश

लोकपथ
574
Shares

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

आज सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

वैवाहिक बलात्कार गरेको भन्दै उनकी श्रीमती आरती रावलले गिरीविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

आरतीले दायर गरेको रिटमा जिल्ला अदालत काठमाडौंले गत वैशाख १९ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यस्तै सोही फैसलालाई कार्यान्वयन गर्दै उच्च अदालत पाटनले पनि २०८० भदौ २१ मा पुुर्पक्षका लागि छाड्न आदेश दिएको थियो । जिल्ला र उच्च अदालतको आदेशको विरुद्ध आरती सर्वोच्च गएकी हुन् ।

सुनुवाइका क्रममा इजलासमा रहेकी आरतीले गुट्काको पाकेटबाट झिकेर शंकास्पद वस्तु समेत सेवन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?