न्यायाधीश गिरी पत्नी आरतीले सर्वोच्चको इजलासमै सेवन गरिन् शंकास्पद वस्तु

लोकपथ
119
Shares

काठमाडौं । जिल्ला न्यायाधीश भुवन गिरी पत्नी आरतीले सर्वोच्चको इजलासमै शंकास्पद वस्तु पिएकी छिन् ।


न्यायाधीश गिरी विरुद्ध आरतीले दायर गरेको रिटमा आज बहस भइरहेको थियो ।


सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेका बेला उनले गुट्खाको प्याकेटबाट झिकेर शंकास्पद वस्तु सेवन गरेकी थिइन् ।

उनलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ ।


आरतीले आफ्ना पति न्यायाधीश गिरीले बलात्कार गरेको भन्दै

आरतीले दायर गरेको रिटमा जिल्ला अदालत काठमाडौंले गत वैशाख १९ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यस्तै सोही फैसलालाई कार्यान्वयन गर्दै उच्च अदालत पाटनले पनि २०८० भदौ २१ मा पुुर्पक्षका लागि छाड्न आदेश दिएको थियो । जिल्ला र उच्च अदालतको आदेशको विरुद्ध आरती सर्वोच्च गएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?