विश्वासको मत माग्न रोस्टम पुगेका कर्णालीका मुख्यमन्त्रीले घोषणा गरे राजीनामा

लोकपथ
399
Shares

काठमाडौं । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।

आज बसेको प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री शर्माले राजीनामा को घोषणा गरेका हुन् ।

प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले परिस्थिती फेरिएको भन्दै विश्वासको मत भन्दा पनि राजीनामा नै उपयुक्त विकल्प रहेको बताए ।

मुख्यमन्त्री शर्माले अहिलेको अवस्थामा गठबन्धनको नाममा दलहरुभित्र खराब गतिविधि भइरहेको भन्दै आफूले राजीनामाको घोषणा गरेको जानकारी गराए। यस्तो अवस्थामा आफूले विश्वासको मागेमा राजनीतिमा थप विश्वासको संकट पैदा हुने भन्दै राजीनामा गर्न लागेको सभालाई राजीनामा दिएको बताए ।

गठबन्धनमा भएको सहमति अनुसार एमालेलाई मुख्यमन्त्री दिएर अघि बढ्ने सहमति भएको थियो । केन्द्रबाटै एमालेलाई अघि बढाएर माओवादीले सहयोग गर्न निर्देशन दिइए पनि मुख्यमन्त्री शर्माले भने आफ्नो अडान कायमै राखेका थिए । तर आज गठबन्धनमा भएको सहमति अनुसार उनले आफू पछि हटेर एमालेलाई सहयोग गर्न लचक भएका थिए ।

विश्वासको मत प्रयोजनका लागि उनलाई रोस्टममा बोलाइएको थियो । तर उनले आफ्नो बक्तव्य राख्दै राजीनामाको घोषणा गरेका हुन् ।

उनको राजीनामासँगै कर्णालीमा नेकपा एमाले नेतृत्वको सरकार बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?