काठमाडौं । सुमन कुलुङले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् ।
उनले पुरुषतर्फको खेलमा उपाधि आफ्नो पोल्टामा पारेका हुन् । आज ‘बुधवार’ भएको म्याराथनमा सोलुखुम्बुका सुमनले निर्धाारित दुरी ३ घण्टा ४७ मिनेट १६ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारे । उनले यो प्रतियोगिताको उपाधि जितेको दोस्रो पटक हो ।
त्यस्तै कपिलदर बुढाले निर्धारित दुरी ३ घण्टा ३६ मिनेट १० सेकेन्डमा पुरा गर्दै दोस्रो स्थान प्राप्त गरे । राम कुमार राज भण्डारी तेस्रो भए । उपाधिसँगै सुमनले २ लाख, दोस्रो भएका कपिलले १ लाख तथा तेस्रो भएका राम कुमारले ७५ हजार प्राप्त गरे ।
सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट शुरु भएको यो म्याराथन नाम्चे बजारमा आएर सम्पन्न भएको थियो ।
त्यस्तै हाफ म्याराथनको उपाधि भने बेलायतका एलेक्सजेन्डर विलियमले जिते । उनले निर्धारित दुरी ३ घण्टा ८ मिनेटमा पुरा गरेका थिए । भारतका जेरोमीले दोस्रो तथा ब्राजिलका कार्लोस रोचाले तेस्रो स्थान हात पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया