अन्तत: प्रत्यक्षबाटै चुनाव लड्ने भए सिटौला

काठमाडौँ, १३ कात्तिक- अन्तत: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रत्यक्षबाटै चुनाव लड्ने भएका छन्, कान्तिपुरले खबर छापेको छ पार्टीले उनको नाम समानुपातिक सूचीबाट झिकेर प्रत्यक्षकै उम्मेदवार बनाउने निर्णय गरेको छ । सिटौला मंसिरमा हुने चुनावमा प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने निश्चित भएको हो सिटौलाले आफ्नो पुरानो निर्वाचन क्षेत्र झापा ३ बाट सातौं पटक चुनाव लड्न लागेका हुन् । यसअघि पार्टीले उनको नाम समानुपातिक सूचीको पहिलो नम्बरमा राखेर निर्वाचन आयोगलाई बुझाएको थियो । तर, सिटौलाको तीव्र असन्तुष्टि, कार्यकर्ताको चौतर्फी दबाबका कारण पार्टीले आइतबार उनको नाम समानुपातिक सूचीबाट हटाएको हो   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?