संसदमा वाग्लेको प्रश्न : ‘आरोप लाग्दैमा संसदीय समिति बनाउन सबै तयार हो ?’

लोकपथ
217
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णीम वाग्लेले कुनै पनि कुराको आरोप लाग्दैमा वा जाहेरी पर्दैमा राजीनामा वा संसदीय समितिको जरुरत नपर्ने जिकिर गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद वाग्लेले सो कुरा बताएका हुन् ।

यसअघि जस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामासहित संसदीय छानबिन समितिको माग गरेको थियो ।

सो विषयमा बोल्दै डा. वाग्लेले भने, ‘आरोप लाग्यो, जाहेरी प¥यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने यो नजिर हामीले स्थापना गर्न तयार हो?’

त्यस्तै यदी आरोप लाग्दैमा राजीनामा वा संसदीय समितिको प्रावधान अघि सारेमा सबैभन्दा पहिला रास्वपाले हस्ताक्षर गर्ने समेत बताए ।

‘यो हो भने पहिलो हस्ताक्षर रास्वपाले गर्नेछ,’ उनले भने ।

त्यस्तै उनले गृहमन्त्री लामिछानेले जवाफ दिन तयार रहेको तर त्यहाँ रोकिएको भन्दै गृहमन्त्रीको जबाफ चित्त नबुझे संसदीय समिति लगायतमा जान सकिने वाग्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?