बन्चरेडाँडाका जनताको कुरा नसुने आफैँ आन्दोलनमा सहभागि हुने नेता केसीको चेतावनी

लोकपथ
1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरेडाँडा र वरपरका जनताको जनश्वास्थ्यका विषयमा आवाज उठाएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता केसीले १८ वर्षको अवधिमा पनि राज्यले यो या त्यो बाहनामा जनताको श्वास्थ्यको ख्याल नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

पटकपटक त्यहाँ गरिएका सम्झौता कार्यान्वन नभएको भन्दै त्यहाँका जनतालाई सरकारले आश्वासन मात्र बाँडेकाले जनता निराश भएको बताए ।

‘२०६२ सालमा ५ वर्षका लागि भनेर सरोकारवालाहरुसँग सम्झौता भयो । ५वर्ष भनेको कुरा अहिले १८ वर्ष भयो । धेरै प्रतिवद्धताहरु भए, धेरै किसिमका सम्झौताहरु भए । सदनमा यो सरकार र पक्ष विपक्षलाई भनेको छैन । १८ वर्षको अवधिमा धेरै सरकार आए र धेरै सरकार गए ।काठमाडौं महानगरपालिका लगायतका अन्य नगरपालिकाहरुले १७५ वटा भन्दा बढी सम्झौताहरु गर्यो तर कुनै पनि कार्यान्वयन हुन सकेन । त्यसकारण एउटा चर्चित काहवत छ, देयर कम्स अ पोइन्ट, एभ्री हुमन लाइभ्स, ह्वेन ही ह्याज टू से इनफ इज इनफ’ नेता केसीले भने ।

त्यहाँका जनताहरु नरकीय अवस्थामा बस्दा पनि सरकार मुकदर्शक भएर हेरिरहेको टिप्पणी गरे । आफू संसदीय समिति हुँदा पनि सरकारसमक्ष समस्या राख्दा पनि कार्यान्वयनको कुनै ठोस काम हुन नसकेको बताए ।

आगामी २४ गते सो क्षेत्रका जनताले काठमाडौंको फोहोर त्यहाँ व्यवस्थापन गर्न नदिने चेतावनी दिएको समेत बताए । आफूूले प्रधानमन्त्री र शहरी विकासमन्त्रीलाई समेत पटकपटक आग्रह गर्दा पनि राज्यशक्ति उदाशीन बनेको आरोप लगाए ।

यही ३ दिन भित्रकै अवधीमा त्यहाँका जनता आश्वस्त हुने किसिमले सम्झौता र काम गर्न सरकारसमक्ष आग्रह समेत गरे । यदी सरकारले त्यसमा चासो नदेखाएमा त्यहाँ आफैँ गएर उनीहरुको माग मुद्दाका विषयमा नेतृत्व गरेर अघि बढ्ने चेतावनी दिए । त्यस्तै अहिलेको आन्दोलन सरकारले बेलैमा सचेत नभएमा त्यसले आक्रामक रुप लिने समेत बताए ।
नुवाकोट काठमाडौंबाट नजिकको जिल्ला भएर पनि विकासका दृष्ट्रिकोणले पछि परेको र अहिले भइरहेका राजमार्गको निर्माण र वैकल्पिक राजमार्गको विकास गर्नका लागि समेत आग्रह गरे । यसअघि नै काठमाडौंबाट ककनीसम्मका लागि बजेटमा समावेश गरिएको तर त्यहाँबाट पिपलटारसम्मको लागि बजेट नै नभएको भन्दै यसपालीको बजेटमा त्यसलाई समावेश गर्नका लागि समेत आग्रह गरे ।

त्यहाँका सरोकारवालाहरुले आगामी २४ गतेबाट त्यहाँ फोहोर लैजान नदिने तयारीका साथ आन्दोलनको तयारी गरेका छन् । यसअघि पनि विभिन्न समयमा फोहोरको समस्या समाधानका लागि त्यहाँका जनताले आन्दोलन गर्ने र आश्वासनपछि आन्दोलन फिर्ता लिँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?