राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

लोकपथ
56
Shares

काठमाडौं । चैत २८ मा राष्ट्रियसभामाको उपाध्यक्ष पदको निर्वाचन तोकिएके छ ।

रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन तोकिएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचनको लागि यही चैत २८ गतेको मिति तोकेका हुन् ।

साथै अध्यक्ष दाहालले निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिएका छन् ।

उपाध्यक्ष उर्मिला आर्यालले गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते पदबाट राजीनामा दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?