संसदमा कांग्रेसको चेतावनी– ‘अर्को बैठकमा छानबिन समिति नभए सदन चल्दैन’

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि समिति नबनाइए संसदका कामकारबाही अघि बढ्न नदिने चेतावनी दिएको छ ।

यसअघि आफूहरुले देखाएको मौनतालाई कमजोरी नसोच्न समेत कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अर्को बैठकमा छानबिन समिति नभए बैठक सञ्चालन गर्न नदिने चेतावनी दिएका हुन् ।

‘म प्रमुख प्रतिपक्षी दलको तर्फबाट मात्र बोलिरहेको छैन । म ५० हजार भन्दा बढी सहकारीबाट पीडित भएका नागरिकको तर्फबाट बोलिरहेको छु । उहाँहरुको तर्फबाट मैले जानकारी गराउनुुपर्छ, आजबाट हाम्रो अल्टिमेटम सकिएको घोषणा पनि मैले यहाँलाई सुनाउनुपर्छ ।’ उनले भने, ‘आज प्रतिपक्षको विनम्रता, शालिनता कमजोर लाग्यो, के प्रतिपक्षीले उठाएको त्यो प्रश्न गलत लाग्यो ?, त्यसैले आजको बैठकपछाडी सरकारलाई अपील छ सरकारले आउँदै गर्दा आउँदो बैठकमा सरकारले संसदीय छाबनिक समिति लिएरु आओस् । हामी त्यो कुरा भन्दा न दायाँ न बायाँ उभिनेवाला छैनौँ ।’

त्यस्तै महामन्त्री शर्माले बहसमा आउन गृहमन्त्री लामिछानेलाई चुनौती दिएका छन् ।


कांग्रेसले पटकपटक छानबिन समितिको कुरा उठाएपछि लामिछानेले बसहमा आउन यसअघि कांग्रेसलाई चुनौती दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?