कांग्रेस–रास्वपा जुहारी, विश्वप्रकाशले रविलाई भने– ‘आउनुस् सिंहदरबारमा बहस गरौँ’

लोकपथ
133
Shares

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन समिति बनाउनुपर्ने मागका बारेमा आज पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले बहसमा आउनका लागि चुनौती समेत दिए ।


यसअघि गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा आफूमाथि लागेको आरोपका विषयमा आफूू बहस गर्न तयार रहेको बताएका थिए । उनले कांग्रेसका महामन्त्री गगन थापा लक्षित गर्दै काठमाडौं क्षेत्र नं ४ मा बहस गर्न तयार रहेको भन्दै चुनौती दिएका थिए ।


सोही प्रसंगमा बोल्दै महामन्त्री शर्माले सिंहदरबारभित्र बन्ने संसदीय छानबिन समितिमा बहसका लागि आग्रह गरे ।

‘गृहमन्त्री जी हाम्रो भन्दा ठूलो स्वरले बोल्नुहुन्छ । बहस गर्न तयार रहेको भन्नुुभएको छ । हामी पनि तयार छौँ आउनुस् सिंहदरबारभित्र बन्ने छानबिन समितिमा बहस गरौँ ।’ महामन्त्री शर्माले भने ।

त्यस्तै महामन्त्री शर्माले गोर्खा मिडिया प्रालीको नाममा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जिवी राई मलेसियामा रहेको र गृहमन्त्रीकै संरक्षणमा लुकाइएको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?