कालीबहादुर खामलाई चितवन लगियो, आजै अदालतमा पेश गरिने

लोकपथ
196
Shares

काठमाडौं । हत्या आरोपमा पक्राउ परेका माओवादीका पूर्व कमाण्डर कालीबहादुर खामलाई चितवन लगिएको छ ।

१५ वर्षदेखि प्रहरीको खोजिमा रहेका खामलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरिएको थियो ।

उनीविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा रहेका कारण चितवन लगिएको हो । उनलाई आजै अदालतमा बुझाएपछि मुद्दा अघि बढ्नेछ । फरार रहेका उनको मुद्दा मुल्तबीमा राखेको थियो ।

उनीमाथि एक व्यापारीको हत्या गरेको आरोप रहेको छ । भने उनीमाथि हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?