गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

लोकपथ
119
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् ।

उनले सो विषयमा छलफलका लागि संसदीय दलको बैठक आह्वान गरेका थिए । मंगलबार संसदीय दलमा छलफल गरेका

मुख्यमन्त्री पाण्डेले आज मन्त्रिपरिषद् बैठक बोलाएर राजीनामा दिन लागेको जानकारी गराएका थिए ।

केहीबेरअघि उनले प्रदेशप्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएका हुन् ।

केन्द्रमा आएको सत्ता फेरबदलपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिने मनस्थितीमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?