गण्डकीका मुख्यमन्त्री पाण्डेले केहीबेरमा राजीनामा दिँदै

लोकपथ
468
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिने तयारी गरेका छन् ।

उनले केहीबेरमा राजीनामा दिन लागेका हुन् ।

केन्द्रमा आएको सत्ता फेरबदलपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिने मनस्थितीमा पुगेका हुन् ।

उनले सो विषयमा छलफलका लागि संसदीय दलको बैठक आह्वान गरेका थिए । मंगलबार संसदीय दलमा छलफल गरेका मुख्यमन्त्री पाण्डेले आज मन्त्रिपरिषद् बैठक बोलाएर राजीनामा दिन लागेको जानकारी गराएको मुख्यमन्त्री पाण्डेको सचिवालयका एक सदस्यले लोकपथलाई जानकारी दिए । उनी केहीबेरपछि प्रदेशप्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाउन जान लागेका हुन् ।

‘केहीबेरअघि मन्त्री परिषद् बैठक बोलाएर छलफल गर्नुभयो । अब केहीबेरमा राजीनामा बुझाउन जाने तयारी हुँदैछ ।’ ती सदस्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?