ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, चीन चिन्तित

लोकपथ
0
Shares
In this image taken from a video footage run by TVBS, a partially collapsed building is seen in Hualien, eastern Taiwan on Wednesday, April 3, 2024. A powerful earthquake rocked the entire island of Taiwan early Wednesday, collapsing buildings in a southern city and creating a tsunami that washed ashore on southern Japanese islands.(TVBS via AP)

काठमाडौं । ताइवानमा शक्तिसाली भूकम्प गएको छ । बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । यसको धक्का जापान र फिलिपिन्ससम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ताइवानको सेन्ट्रल वेदर ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो ।

यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबेला २ हजारभन्दा बढीको मृत्यु भएको थियो । ताइवानको दमकल विभागका अनुसार एक जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् ।

मौसम विभागका अनुसार पूर्वी ताइवानको हुआलियन सहरमा भूकम्प गएको हो । यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो । नेपाली समय अनुसार बिहान पौन ६ बजे भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएका छन् भने पहिरो पनि गएको छ । ताइवानी मिडियाका अनुसार भूकम्पपछि ताइवानका ९१ हजारभन्दा बढी घर बिजुलीविहीन छन् । भूकम्पले तार र विद्युत् आयोजनामा क्षति पुगेको छ ।

भूकम्पपछि ताइवान, जापान र फिलिपिन्सले सुनामीको चेतावनी जारी गरेका थिए । जापानको मौसम विभागले समुन्द्रमा ३ मिटर अग्लो छाल आउने अनुमान गरेको थियो । तर, अहिले जापान र फिलिपिन्सले सुनामीको चेतावनी भने हटाएका छन् ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनस्थित ताइवान मामिलाको अनुगमन गर्ने कार्यालयले भूकम्पबाट भएको क्षतिप्रति चिन्तित रहेको र ताइवानलाई सहयाेग पठाउन तयार रहेको जनाएको छ । चीनले ताइवानलाई आफ्नो हिस्सा दाबी गर्दै आएको छ । तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र दावी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?