बागमती प्रदेशमा एमालेबाट चार मन्त्रीले लिए शपथ

लोकपथ
245
Shares

हेटौँडा । बागमती प्रदेश सरकारमा नेकपा एमालेबाट थप ४ जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराएका हुन् ।

प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा, केशव पोख्रेलले वन तथा वातावरण मन्त्रालयमा, एकालाल श्रेष्ठले खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयमा शपथग्रहण गरेका हुन् ।

नेपाली कांग्रेसले छोडेको ६ वटा मन्त्रालयमा एमालेले ५ वटा मन्त्रालय लिएको छ । भागबण्डामा विवाद उत्पन्न भएपछि मुख्यमन्त्री कार्यालयमा मंगलबार छलफल भएको थियो । सोही छलफलमा सहमति जुटेपछि चार मन्त्रीले शपथ लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?