कर्णाली प्रदेश सभाको बैठक भोलिसम्मका लागि सर्यो

लोकपथ
39
Shares

काठमाडौं । एमाले र माओवादीबीच कुरा नमिल्दा कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने प्रयोजनका लागि आज बैठक बोलाइएको थियो । तर नेताहरुबीच सहमति जुुट्न नसक्दा भोलिसम्मका लागि बैठक सारिएको हो ।

एमाले नेताहरु छलफलका लागि मुख्यमन्त्री निवासमा पुगेका थिए । तर मुख्यमन्त्री शर्मा आफ्नो अडानबाट पछि नहटेपछि बैठक सरेको हो ।

बैठक भोलि दिउँसो ३ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?