गण्डकीका मुख्यमन्त्री पाण्डेले भोलि राजीनामा दिने !

लोकपथ
1.3k
Shares

काठमाडौं । केन्द्रको सत्ता समीकरणमा आएको फेरबदलपछि प्रदेश सरकार ठूलो असर देखिएको छ ।

केही प्रदेशका मुख्यमन्त्रीले पुनः विश्वासको मत लिएका छन् भने कतिपय प्रदेशका मुख्यमन्त्री फेरिन लागेका छन् ।

त्यसो त गत फागुन २१ गते सत्ता समीकरणमा आएको फेरबदलपछि माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरेर केन्द्र सरकारको नेतृत्वकर्ता दल माअ‍ोवादीलाई चुनौती दिएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफैँ राजीनामाको मनस्थिती बनाएका छन् ।

प्रदेशमा राजनीतिक खिचातानी बढिरहँदा मुख्यमन्त्री पाण्डेले राजीनामा दिने तयारी गरेका हुन् । त्यसका लागि आज उनले संसदीय दलको बैठक बोलाएर छलफल समेत गरेका थिए ।

सो छलफलमा पनि राजीनामा दिने विषयमा छलफल भएको पाण्डेका सचिवालयका एक सदस्यले लोकपथलाई जानकारी दिए । उनका अनुसार पाण्डेले मुख्यमन्त्रीबाट भोलि राजीनामा दिन लागेका हुन् ।

‘आज संसदीय दलमा पनि सो विषयमा छलफल भएको थियो । त्यसअघि र पछि पनि उहाँले परामर्श र छलफल गरिरहनुभएको छ । सम्भवत भोलि राजीनामा दिनुहुन्छ ।’ ती सचिवालय सदस्यले भने ।


सत्ता गठबन्धनमा आवद्ध बाहेकका दलकै समर्थनमा मुख्यमन्त्रीमा टिक्ने सक्ने सम्भावना बाँकी रहँदै पाण्डेले राजीनामा दिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?