इजरायली आक्रमणबाट गाजामा सात जनाको मृत्यु, गैरसरकारी संस्थाले लगाए गम्भीर आरोप

लोकपथ
78
Shares

काठमाडौं । गत वर्षको अक्टोबर ७ मा गाजामा रहेको आतंकवादी संगठनले इजरायलमा पाँच हजार रकेट प्रहार गरेपछि इजरायलले गाजाविरुद्ध लगातार जवाफी कारबाही गरिरहेको छ । इजरायली सेनाले गाजामा रहेको आतंकवादी संगठन हमासका अखडाहरूलाई निशाना बनाउँदै आएको छ । यद्यपि, धेरै देशहरूले इजरायलको तीव्र प्रतिकारात्मक आक्रमणको लागि आलोचना गरिरहेका छन्।

यसैबीच, गाजामा घाइतेहरूलाई सहायता प्रदान गर्ने समूहहरू पनि इजरायली आक्रमणको सिकार भएका छन्। जसमा करिब सात विदेशी कामदारको मृत्यु भएको थियो । यस घटनापछि इजरायली सेनाले सहायताकर्मीको मृत्युप्रति दुःख व्यक्त गरेको छ ।

गाजाका मानिसहरूलाई राहत प्रदान गर्ने अन्तर्राष्ट्रिय सहायता समूहले सोमबार अबेर मध्य गाजामा इजरायली हमलामा अस्ट्रेलिया, पोल्याण्ड र बेलायतका नागरिकसहित सात विदेशी कामदार मारिएको बताएको छ।भोका मानिसहरूलाई खाना उपलब्ध गराउने अमेरिकास्थित वर्ल्ड सेन्ट्रल किचेनले आफ्नो वेबसाइटमा इजरायल डिफेन्स फोर्स ९आईडीएफ० लाई दोष लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणमा करिब सात जनाको मृत्यु भएको छ । इजरायली मिडियाका अनुसार, आइडीएफले यस घटनामा शोक व्यक्त गरेको छ र यस विषयमा गहन छानबिन गर्न आग्रह गरेको छ। तर, आइडीएफले यो घटनाको जिम्मेवारी स्वीकार गरेको छैन। मारिएका विदेशी कामदारमध्ये एक अस्ट्रेलियाली लाजावमी फ्रानकोम रहेको बताइएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले फ्रानकोमको मृत्युको विषयमा इजरायली राजदूतलाई बोलाएका छन्। एन्थोनी अल्बानीजले भनेस् ‘हामी यस मामिलामा पूर्ण जवाफदेहिता चाहन्छौं किनभने यो त्यस्तो घटना हो जुन कहिल्यै हुनु हुँदैनथ्यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?