नागरिक उन्मुक्तिमा भाँडभैलो, रेशमले बोलाएको बैठकमा रन्जिताले भनिन्– ‘त्यो पर्दैन’

लोकपथ
595
Shares

काठमाडौं । टिकापुर हत्या काण्डमा दोषी देखिएका रेशम चौधरी जेलबाट बाहिर निस्किएपछि उनको दल नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो चर्किँदै गइरहेको छ ।

बैठकमै हात हालाहालको अवस्था सिर्जनासम्म पुगेको नागरिक उन्मुक्तिमा एक अर्का पक्षको अस्तृत्वको लडाँइ चर्किँदै गइरहेको छ ।

पार्टीका संरक्षक रहेका रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबीच एकले अर्को पक्षको निर्णय नमान्ने क्रम बढ्दै गएको हो ।

रेशम पक्षले आगामी चैत २३ र २४ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको थियो । तर उक्त बैठक नराखिएको भन्दै अध्यक्ष श्रेष्ठले विज्ञप्ति जारी गरेकी छिन् ।

रेशम पक्षले महत्वपूर्ण छलफल गर्नुपर्ने भन्दै दुई दिन बैठक आह्वान गरेको थियो । तर रञ्जिताद्वारा जारी विज्ञप्ति भनिएको छ ‘उपरोक्त सम्बन्धमा मिति २०८० चैत्र २३ र २४ गते केन्द्रीय सदस्य र पदाधिकारी ज्यूहरुको बैठक भनि बोलाइएको बैठक नागरिक उन्मुक्ति पार्टीको आधिकारीक बैठक नरहेको व्यहोरा अनुरोध गर्दछु ।’

नातामा श्रीमान श्रीमती रहेका रेशम रञ्जिताको मनमुटावको विषय सरकारलाई समर्थन दिने वा नदिने भन्नेबाट सुरु भएको हो । यसअघि प्रचण्ड सरकारमा मन्त्री भएकी रञ्जिताले सरकारलाई समर्थन गरेर अघि बढ्नुपर्ने भन्दै अडान कायम राखेकी थिइन् । तर रेशमले भने सरकारलाई समर्थन नगरी तटस्थ बस्नुपर्ने बताउँदै आएकोमा विवाद बढ्दै गएको थियो ।
त्यसो त आजै प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवैसँग भेट गरी मिलेर अघि बढ्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?