कर्णालीमा किचलो कायमै, मुख्यमन्त्री निवासमा जुटेन सहमति

लोकपथ
7
Shares

काठमाडौं । भागबण्डामा कुरा नमिल्दा कर्णाली प्रदेशको नेतृत्वका लागि सहमति जुट्न सकेको छैन ।

केहीबेर छलफलका लागि गएका एमाले नेताहरु बैठकबाट बाहिरिएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्माको निवासमा छलफलका लागि एमालेबाट प्रदेश संसदीय दलका नेता यमलाल कंडेल र प्रदेश इन्चार्ज लेखराज भट्ट बैठकमा सामेल रहेका थिए । तर कुरा नमिल्दा उनीहरु बाहिरिएका छन् । अहिले पूर्व मुख्यमन्त्री समेत रहेका माओवादी प्रतिनिसभा सदस्य महेन्द्रबहादुर शाही, माओवादी प्रदेश इन्चार्ज कालिबहादुर मल्ल र माओवादी प्रदेश अध्यक्ष विमला केसी सहभागि रहेका छन् ।

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने तयारी गरेका थिए । तर त्यहाँ एमालेलाई सत्ताको हकदार बनाएर अघि बढ्न माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अन्यौलता सिर्जना भएको हो । मुख्यमन्त्री शर्माले आफैैँ मुख्यमन्त्री हुनुपर्ने अडान कायम राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?