हत्या आरोपमा फरार माओवादीका पूर्व लडाकु कालीबहादुर खाम पक्राउ

लोकपथ
371
Shares

काठमाडौं । हत्या अभियोग लागेका माओवादीका पूर्व लडाकु कालीबहादुर खाम पक्राउ परेका छन् ।

उनलाई मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर टेकुको टोलीले खामलाई पक्राउ गरिएको टेकुका प्रमुख एसएसपी भुपेन्द्रबहादुर खत्रीले लोकपथलाई जानकारी दिए ।
‘उहाँलाई आज ठमेलबाट पक्राउ गरि आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ ।’ उनले भने ।

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप लागेका खाम १५ वर्षदेखि फरार रहेका थिए । तर तत्कालिन नेकपा हुँदा उनले नेकपाका शीर्ष नेताहरुलाई भेट्दै आइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?