उपनिर्वाचनको उम्मेदवार टुंगाउन देउवा निवासमा छलफल

लोकपथ
140
Shares

काठमाडौं । उपनिर्वाचनका उम्मेदवारहरुको टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेको छ ।


केहीबेर अघिदेखि कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक जारी छ ।


त्यसअघि सभापति देउवाले नेताहरुसँग आन्तरिक छलफल समेत गरेका थिए ।


आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ (१) प्रदेशसभा (क) मा उपनिर्वाचन हुँदैछ । अन्य दलहरुले उम्मेदवार टुंगो लगाएर निर्वाचन प्रचारप्रसार थाले पनि कांग्रेसले भने अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन ।


इलाम क्षेत्र नं २ मा गत निर्वाचनमा सो क्षेत्रबाट कांग्रेसका तर्फबाट प्रत्यासी डम्बर खड्कासहितका नेताहरु उम्मेदवारको आकांक्षी रहेका छन् । जसमा भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ ।


यसैगरी बझाङको प्रदेश सभाका लागि पनि मातहतका कमिटीबाट नेताहरुको नाम सिफारिसमा परेको छ । जसमा जगतप्रसाद जोशी,अर्जुन स्याडाँ, सत्यराज भण्डारी, विष्णुकुमार सिंह, अभिषेक सिंह, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, ध्रुवराज उपाध्याय र नारायण हमालको नाम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?