‘संघीयताको सवलीकरणका लागि संविधान संशोधन र परिवर्तन आवश्यक’

लोकपथ
49
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीयता संघीयता जस्तो नभएको बताएका छन् ।

स्वास्थमन्त्री समेत रहेका यादवले समाजवादी मोर्चाले आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले संघीयताको सवलीकरणका लागि संविधान संशोधन र परिवर्तन गर्न आवश्यक रहेको समेत बताए ।

‘अहिलेको नेपालको संघीयता भनेको संघीयता जस्तो भएको तर कुरुप भएको अपांग भएको । यस्तो अवस्थाको संघीयतालाई सपांग र दुरुस्त बनाउनका लागि अहिलेको संविधान संशोधन र परिवर्तन नगरी हुँदैन ।’ उनले भने ।

त्यसैगरी पूँजीवादी लोकतन्त्रको विकल्प समाजवादी लोकतन्त्र भएको समेत बताए । तर समाजवादी लोकतन्त्रको बाटो जानुपर्नेमा विकृत पूँजीवादी लोकतन्त्रको बाटोमा गएर आफ्नो अस्तित्व जोगाउन नसकेको समेत बताए ।

‘पूँजीवादी लोकतन्त्रको विकल्प समाजवादी लोकतन्त्र नै हो । त्यसका लागी समाजवादी लोकतन्त्रको बाटो जानुपर्ने हुन्छ । हामी गैरहेका छौँ विकृत पूँजीवादी लोकतन्त्रको बाटो । जानुपर्ने पूर्वतर्फ गैराखेका छौँ पश्चिमतर्फ । तै पनि हामी पूर्वकै गीतगान गाइरहेका छौँ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?