पर्वतको जलजलामा घरभित्रै एक दम्पतीको हत्या

लोकपथ
245
Shares
crime scene tape with blurred forensic law enforcement background in cinematic tone and copy space

काठमाडौं । पर्वतको जलजला गाउँपालिकामा एक दम्पतीको हत्या भएको छ ।

गएराती दम्पत्ती शव हत्या भएको अवस्थामा फेला परेको हो ।


जलजला–२ को मल्लाज भन्ने स्थानमा आफ्नै घरमा उनीहरुको हत्या भएको वडाध्यक्ष प्रकाश बहादुर घर्ती क्षेत्रीले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार प्रहरी घटनास्थल पुगेको र अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।

वडाध्यक्ष क्षेत्रीका अनुसार सोही स्थानका ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती श्रीमती ६५ वर्षकी गमला जिसीको हत्या भएको हो ।

‘गएराती दम्पत्तीको हत्या भएको छ । घटनाबारे हालसम्म केही तथ्य खुल्न सकेको छैन । अहिले प्रहरी आएर मुचुल्का उठाउने काम भइरहेको छ ।’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी खुमलाल भुसालले प्रहरी त्यहाँ पुगिसकेको र अनुसन्धान प्रक्रिया अघि बढाइएको लोकपथलाई पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?