प्रधानमन्त्रीसँग भेटेर हर्क साम्पाङले अघि सारे यस्ता माग

लोकपथ
63
Shares

काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

केही दिन अघि काठमाडौं आएका साम्पाङले प्रधानमन्त्रीसँग भेटघाट गरी विभिन्न मागहरुको बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

मेयर साम्पाङसहितको टोलीले खानेपानी, विमानस्थल, राममार्ग निर्माणसहित ल्याण्डफिल्डसाइट र उद्योग लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

केही दिनदेखि काठमाडौंमा रहेका मेयर साम्पाङले यसअघि नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित उच्च पदस्थ व्यक्तिहरुलाई भेटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?