सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै

लोकपथ
494
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुनः विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहले आगामी चैत २२ गते विश्वासको मत लिने भएका हुन् । उनले सो को व्यहोरा प्रदेश सभा सचिवालयलाई जानकारी गराएका छन् ।

केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलपछि माओवादी केन्द्रले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएको छ । कुनै पनि दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।


सुदूरपश्चिममा हाल नेपाली कांग्रेसका १८, माओवादी केन्द्रको ११ (सभामुखसहित), एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ साथै राप्रपा र स्वतन्त्र गरी १÷१ सांसद रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले २२ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?