विश्वभर २०० करोड कमाई गर्ने दोस्रो हिन्दी चलचित्र बन्याे ‘शैतान’

लोकपथ
483
Shares

काठमाडौं । अजय देवगन र आर माधवनद्वारा अभिनित सुपरनेचुरल हरर चलचित्र ‘शैतान’ रिलिज भएको लगभग ४ हप्ता भइसकेको छ । यस चलचित्रले सुरुवाति दिन देखि नै बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ।

देशभित्र मात्र नभएर विदेशमा समेत चलचित्रको कमाई निकै राम्रो रहेको छ । करीना कपूरको ‘क्रु’ र पृश्वीराज सुकुमारनको ‘आदुजीवीतम–द गोट लाइफ’ जस्ता चलचित्रले पनि ‘शैतान’ चलचित्रलाई हटाउन सकेको छैन ।

जियो स्टुडियोको अफिसियल इन्स्टाग्राम हयान्डलमा एक पोस्ट सेयर गर्दै ‘शैतान’ ले विश्वभर २०० करोडको आँकडा पार गरेको बताएको छ । चलचित्रको विश्वव्यापी कुल कमाई २०१.७३ करोड पुगेको छ । यो चलचित्र २०२४ को २०० करोड कमाई गर्ने दोस्रो हिन्दी चलचित्र बनेको छ । जसले २०० करोड क्लबमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?