यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

जसअनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर ३३ रुपैयाँ ७५ पैसा कायम छ । सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो । मंगलबार यूरो एकको खरिद दर १४३ रुपैयाँ ५८ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ । सोमबार यूरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको थियो ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७१ पैसा पुगेको छ । सोमबार खरिद दर १६८ रुपैयाँ १० पैसा र बिक्री १६८ रुपैयाँ ८६ पैसाले कारोबार भएको थियो ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा कायम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?