बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

लोकपथ
413
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् ।

आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका हुन् ।

उनको पक्षमा ५६ मत परेको छ । त्यस्तै उनको विपक्षमा ३७ मत परेको साथै १५ सांसद तटस्थ बसेका थिए ।

उनलाई उनको दल नेकपा माओवादी केन्द्रको २१, एमालेको २७, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ मत परेको थियो ।

साथै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ३७ प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरेका थिए भने १३ सिटको राप्रपा र २ सिटको नेपाल किसान मजदुर पार्टीले तटस्थ बस्ने निर्णय गरेको हो ।

केन्द्रमा भएको सत्ता समीकरण फेरबदलपछि बागमती प्रदेशमा पनि सत्ता समीकरणमा फेरबदल आएको हो ।

सत्ता समीकरणमा आएको फेरबदलपछि मुख्यमन्त्री सत्तामा रहेको कांग्रेसले उनलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएको १ महिनापछि विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले विश्वासको मत लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?