बागमतीमा राप्रपाले भन्यो– ‘हामीलाई मन्त्री त के मुख्यमन्त्री दिए पनि चाहिँदैन’

लोकपथ
468
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले आफ्नो पार्टीले पदको लोभमा नलागेको दाबी गरेका छन् ।

आज मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकमा बोल्दै नेता थापाले राजनीतिमा डिमाण्डहरु हुने भए पनि आफूहरुले सत्ताका लागि कुनै डिमाण्ड नगरेको दाबी गरे ।

प्रदेश सभा बैठकमा बोल्दै उनले भने, ‘यो सत्ता भनेको कस्तो कुरा रहेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ताको महत्व नबुझेकै जस्तो लाग्छ । यस्तो अवस्थामा डिमाण्ड आफ्नो खालको हुँदो रहेछ । तर हामीले कुनै खालको डिमाण्ड गरेनौँ । हाम्रो पार्टीले हाम्रो एजेण्डाका बारेमा कुरा गर्यैँ । हाम्रो पार्टीको मागपत्रको बारेमा मात्रै कुरा गर्यौँ ।’

त्यसैगरी बागमती प्रदेश र सबै प्रदेशहरुमा मन्त्री र मुख्यमन्त्री दिए पनि आफूहरुले त्यसको लोभ नगरेको दाबी समेत गरे ।

‘हामीलाई मुख्यमन्त्री दिए पनि चाहिँदैन हामीलाई मन्त्री दिए पनि चाहिँदैन भन्ने पार्टी कोही हो भने राष्ट्रिय प्रजातन्त्र पार्टी नै हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै त्यो भन्न सक्यो जस्तो लाग्छ । आज देशभरि नै हामी मन्त्री नखाएर बाहिरै बस्न सक्छौँ भन्ने आँट कसैले गर्छ भने त्यो राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्न सक्छ ।’ उनले भने ।

केन्द्रदेखि प्रदेशसम्म सत्ताको लुछाचुँडीले राजनीतिप्रति जनतामा निराशा पैदा भएको उनले दाबी गरे ।

त्यस्तै मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई आफ्नो दल राप्रपाले विश्वासको मत नदिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?