स्थानीय चुनावलाई प्रयोग गर्न खोज्दा चन्द समूहमा समस्या

लोकपथ
140
Shares

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले निर्वाचनमा पार्टीको प्रयोग हुन खोजेपछि समस्या भएको बताएका छन् । अन्य दलहरुभन्दा फरक मान्यता राख्ने पार्टी भएकाले निर्वाचनको विषयले मतमतान्तर रहेको उनले बताए ।

काठमाडौंमा सोमबार आयोजित शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै आफूहरुले स्थानीय चुनावलाई प्रयोग गर्न खोजेपछि पार्टीमा केही समस्या आएको उनले स्वीकार गरे ।

उनले भने ‘हामीले खासगरी स्थानीय चुनावलाई प्रयोग गर्न खोजेपछि पार्टीमा केही समस्या आएको कुरा साँचो हो । म देशैभर हाम्रा नेता कार्यकर्ता भेट्छु । अरूको र हाम्राबीचमा धेरै फरक छ । हाम्रो नेता कार्यकर्तामा आत्मविश्वास छ । लडिन्छ र गरिन्छ भन्ने छ । देशलाई आपत् पर्दाको दिन जुरुक्क उठेर काँध थाप्ने शक्ति नेकपासँग छ ।’

जनताको न्यायका लागि विद्रोह गर्ने अधिकार नेकपासँग रहेको भन्दै उनले जनताको असली प्रतिनिधि गर्ने हिसाबले दृष्टिकोण पनि रहेको पनि दाबी गरे ।

उनले भने,‘हामी सक्छौं भन्ने पूरा आत्मविश्वास छ । हामीले के भनेका छौं भने हामीसँग अधिकार छ जनताको न्यायको लागि विद्रोह गर्ने । अधिकार जहिले पनि हुन्छ नि । जनताको असली प्रतिनिधि हामी हौं भन्ने हिसाबले हामीसँग दृष्टिकोण पनि छ ।’
महासचिव चन्दले पार्टीको आदेशमा पुरानै तरिकाले राजनीतिक नचल्ने भन्दै देशका सबै कम्युनिष्टहरु एक ठाउँमा आउन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?