टी–२० सिरीज : आयरल्यान्ड ‘ए’ माथि नेपालको रोमाञ्चक जित

लोकपथ
1k
Shares

काठमाडौं । त्रिवीमा जारी अन्तिम टी–२० खेलमा नेपाल ‘ए’ ३ रनले विजयी भएको छ । नेपाल ‘ए’ ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ‘ए’ माथि ३ रनको रोमान्चक जित हात पारेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो ।

२१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । तीन खेलको सिरिज भने नेपालले २/१ ले गुमाएको छ ।

आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ बीच अब एकदिवसीय सिरिज हुनेछ । पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?