गुराँस लघुवित्तको शेयर कारोबार खुल्यो

काठमाडौं । गुराँस लघुवित्तको आज ‘मंगलवार’देखि शेयर कारोबार खुल्ला गरेको छ । 

नेप्सेले लघुवित्तको शेयर कारोबारका लागि जीएलबिएसएल कारोबार संकेत प्रदान गरेको हो । लघुवित्तको पहिलो शेयर कारोबारका लागि नेप्सेले नेटवर्थदेखि अधिकतम नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।

यसअनुसार कम्पनीको शेयर न्यूनतम ९२ रुपैयाँ ७२ पैसादेखि अधिकतम २ सय ७८ रुपैयाँ १६ पैसासम्मको रेञ्जमा कारोबार शुरु भएको हो ।

लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको २ लाख ३३ हजार ६ सय २५ कित्ता शेयर आईपिओसहित कूल ७ लाख ७५ हजार कित्ता शेयर गत सोमवार नेप्सेमा कारोबारका लागि सूचीकृत गरेको थियो।

गुराँस लघुवित्तले बैशाख १६ गते देखि २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ निष्काशनमा गरी बैशाख २६ गते बाँडफाँड गरेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?