बागमतीका पर्यटनमन्त्री भन्छन्– ‘चुनाव जितेपछि ३ दिन बेहोस भएँ’

लोकपथ
351
Shares

काठमाडौं । बागमती प्रदेशका संस्कृत पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले राजनीतिक दवाबका कारण आफूले सिटामोल खाएर हिँडेको बताएका छन् ।

आज बसेको बागमती प्रदेशको बैठकमा हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता समेत रहेका बज्राचार्यले विगतका दिनहरुमा विभिन्न राजनीतिक दवाबका कारण आफूलाई सन्चो नभएको जिकिर गरे ।

राजनीति बार्गेनिङमा चल्ने भएका कारण आफूले बार्गेनिङ गरेको भए मुख्यमन्त्री बन्ने तर त्यसो नगरेको बताए ।

‘मैले सांसदको रुपमा चुनाव जित्दादेखि म झण्डै झण्डै ३ दिनसम्म बेहोस् अवस्थामा थिएँ । र यो प्रक्रिया चल्दै गर्दा मैले तीन दिन सिटामोल खाएर मैले औषधी खाएर शरिर धान्न पर्ने अवस्था बन्यो ।’ उनले अघि भने, ‘दलको नेताको हैसियतले मैले मुख्यमन्त्री दाबी पनि गरेँ । धेरै अडान अघि बढेको भए सायद त्यो पनि हुन्थ्यो की । राजनीति भनेको डिमान्ड र दवाब रहेछ भन्ने पनि मैले बुझेँ । मैले धेरै दवाब खेपेँ ।’


२ सिटसहित प्रदेशसभामा उपस्थित रहेको हाम्रो नेपाली पार्टीले सरकारलाई विश्वासको मत दिने भएको छ । उनले आज बसेको बैठकमा मुख्यमन्त्रीलाई आफ्नो पार्टीले विश्वासको मत दिने जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?