बागमती प्रदेशको बैठक सुरु, मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिँदै

लोकपथ
161
Shares

काठमाडौं । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ ।


केहीबेरअघि हेटौँडास्थित प्रदेश सभा हलमा बैठक सुरु भएको हो ।


आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजेका लागि बैठक बोलाइए पनि सत्तारुढ दल एकीकृत समाजवादी नै बैठकमा उपस्थित नभएपछि बैठक स्थगित भएको थियो ।


१ १० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५६ मत आवश्यक पर्दछ । एकीकृत समाजवादीले समेत विश्वासको मत दिने भएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गर्ने वातावरण बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?