बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत पाउन सहज

लोकपथ
1.3k
Shares

हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् । नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगर हेटौंडा पुगेर संवाद अगाडि बढाएलगत्तै मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउने माहोल बनेको हो ।

यस्तै, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको आजको १ बजेको प्रदेशसभा बैठक केही बेरमा सुरु हुँदैछ ।


नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकालका अनुसार सांसद आले मकवानपुरको भीमफेदी गाउँपालिका आइपुगिसकेको जानकारी प्राप्त भएको छ । आले बैठकमा उपस्थित हुने भएपछि मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित भएको छ ।


१ सय १० सदस्यीय रहेको बागमती प्रदेशसभामा सरकारको निरन्तरका लागि ५६ सांसदको समर्थन चाहिन्छ । सत्तारूढ दलहरू माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ , हाम्रो नेपाली पार्टीका दुई सांसद छन् भने विपक्षी दलमध्ये कांग्रेस ३७, राप्रपा १३ सभामुखसहित र नेमकिपाका तीन सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?